पुनर्निर्माणका लागि भारतबाट आयो एक अर्ब ६० करोड !

फाइल फोटो

काठमाडौँ, सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई भारत सरकारले आफ्नो तर्फबाट एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने बुझिएको छ ।

भारत सरकारले यस अघि सन् २०१८ मा पुनर्निर्माणको लागि २ अर्ब १० करोड र ८० करोड सहयोग गरेको थियो ।

२०७२ को भुकम्प पश्चात गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया