काठमाडौँ, पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा भएको सामुहिक हत्या बारे त हामी सबै अवगत नै छौं । ससुरा–ज्वाँई दुई परिवारका नौ जनाको विभत्स हत्या गरि दुबैको वंश नास गर्ने योजनाबाट प्रेरित भएको हुन सक्ने अनुमान लगाएर प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।
घटनाको केहि समय नबित्दै कान्छा ज्वाईंले आत्महत्या गरे पश्चात घटना थप पेचिलो बन्न पुग्यो । यसरी अनुसन्धान गर्दै जाँदा अन्त्यत प्रहरीले कान्छा ज्वाईं ३३ वर्षीय मानबहादुर माखिमले हत्या गरेको निष्कर्ष निकालेको छ ।
हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको थियो ।