पाँचथर फिदिम बजारमा भीषण आगलागी !

फाइल फोटो

काठमाडौँ,  पाँचथरको सदरमुकाम फिदिम बजारमा भिषण आगलागी हुँदा दुई घर जलेर पूर्ण क्षति भएको छ ।

प्रहरीका अनुसार आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर जलेर नष्ट भएको हो । फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।

आगलागीबाट नजीकै रहेको एक गेस्टहाउसको छतमा पनि क्षति पुगेको र यस घटना बारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीके जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया