नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

काठमाडौं, २४, असोज । जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भिœयाइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो ।

रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी रहेकाले रेल सञ्चालन हुन नसकेको हो ।

रेलको लिक तथा अन्य पूर्वाधार भारत सरकारले नेपाललाई कहिले हस्तान्तरण गर्ने भन्नेबारे कुनै पनि टुंगो लागेको छैन । जयनगर–जनकपुर रेल वेको पूर्वाधार तयार पार्न सन् २०१४ देखि भारतीय पक्षले रेलमार्ग निर्माण थालेको थियो । पूर्वाधार तयार गरी सन् २०१८ देखि रेल सञ्चालन गर्ने लक्ष्य रेल विभागले लिएको थियो । सुरुमा निर्माण कार्यमा ढिलाइ भएको थियो भने पछि भारतबाट रेलगाडी किन्न पनि धेरै समय लागेको थियो ।आजको राजधानी दैनिकमा टेनिस रोकाले लेख्नु भएको खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया