जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका कार्यालयमा अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको छ ।
बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको प्रहरीेले जनाएको छ ।
बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
हालसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।