धुर्मुस-सुन्तली फाउन्डेसनलाई सत्य-स्वरूपको उपहार ‘राष्ट्रिय क्रिकेट गीत’ हेर्नुहोस् भिडियो !

काठमाडौँ, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’, धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा शुरु गरिएको रंगशाला निर्माण कार्यक्रम हामी नेपालीको लागी पक्कै पनि गर्वको कुरा हो । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियानमा अब चर्चित गायक सत्य-स्वरूप राज आचार्य पनि जोडिएका, फाउन्डेसन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले बताएका छन् ।

आफ्नै शब्द र संगीत रहेको राष्ट्रिय क्रिकेट गीत उपहार दिँदै गायक सत्य-स्वरूप उक्त अभियानमा अभियान्ताको रुपमा जोडिँदा आफु निकै हर्षित भएको भन्दै कट्टेलले फाउन्डेसनको पेजमा कृतज्ञ व्यक्त गरेका छन् । ‘युद्दको मैदानमा’ बोलको यस गीतलाई धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ । साथै गीतको भिडियोमा बन्दै गरेकोक्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया