धुर्मुस-सुन्तली फाउनडेसन माथि चन्दा आतंकको आरोप, दर तोकेर पत्राचार गरेको खुलासा !

काठमाडौँ, धुर्मुस-सुन्तली फाउनडेसनले निर्माण गरिरहेको गौतम बुद्ध रंगशालाको बार डोजर लगाएर भत्काए पश्चात यस विषयमा धेरैले धेरै थरिका टिप्पणी गरिरहेका छन् ।

एक थरिले यस्तो काम गर्ने माथि ठुलो दण्डको माग राखिरहेका छन् भने एक थरिले धुर्मुस-सुन्तलीको चन्दा उठाएर गरेको यस काम नै गलत भएको टिप्पणी समेत गरेका छन् ।

त्यस्तैमा पत्रकार विनोद ढकालले सामाजिक सञ्जालमा एक पत्र सार्वजनिक गर्दै चन्दा आतंक मच्चाएको आरोप लगाएका छन् । चितवनको एक विद्यालयले रङ्गाशाला निर्माणमा सहयोग चाहिएकाले सबै अभिभावकले आ-आफ्ना बालबालिकाको हातमा कम्तिमा १०० रुपैयाँको डरले सहयोग गरिदिन पत्राचार गरेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया