डिआइजी पालको अर्को धामाका शंकास्पद ५७ लाख ७९ हजार ४९० नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

सिरहा ,जेठ ३० गते । डिआइजी हरिबहादुर पालको अर्को धामाका स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालको आदेशमा प्रहरी टोलीले बाराको सुवर्ण गाउँपालिका ७ सनफुलवास्थित दशगजा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो। सडकमा चेकजाँचको क्रममा भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा ११ पिपरा टोल बस्ने २४ वर्षका वृजकिशोर कुमार पक्राउ परेका हुन्। उनी बिआर ०५ एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार थिए। प्रहरीले चेकजाँजको क्रममा दुवै खुट्टाको घुँडामुनि पिडौंलाको भाग, कम्मर, पाइन्टको खल्ती तथा हेल्मेट र मोटरसाइकलको डिक्की समेतमा लुकाइ राखेको अवस्थामा सो रकम बरामद गरेको हो। उनलाई बरामद नगदसहित प्रहरीले थप अनुसान्धनका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया