काठमाडौँ, शहरीकरणको द्रुत विकास भौरहेको छ । बढ्दो शहरीकारण संगै बढेको प्रदुषण हाम्रो स्वास्थ्यको सबैभन्दा ठुलो शत्रु हो । बढ्दो औद्यौगीकरण, फोहोरमैला व्यवस्थापन नहुनु, अस्त–व्यस्त जीवनशैलीकै कारण रोगीको संख्या पनि बढ्दो छ ।
अव्यवस्थित बसोवासले शहरमा धुवाँ धुलो, प्रदूषण बढ्दै गएको बारे हामी सबै अवगत नै छौँ । यति मात्र नभएर हामी रोगी बन्दै गएको पनि हामीलाई थाहा नभएको होइन । हामी सर्वत्र खानपानमा ध्यान दिनुपर्ने विषयमा बहस गरिरहेका हुन्छौँ ।
तर हामी यि कुरा आफु स्वयम् मा भने लागु गर्दैनौँ र यो नै मुख्य समस्या हो । शहरमा स्वास्थ्य संस्था जताततै उपलब्ध छन् । तर हामी त्यहाँ तब मात्र जान्छौँ जब हामी बिमारी पार्छौं । सहरी वातावरणले स्वास्थ्यमा मात्र नभई, सामाजिक अन्तरक्रिया तथा अन्तरसम्बन्धमा पनि प्रतिकुल असर पारेको छ ।
त्यसैले हामीले आफ्नो जीवनशैली फेर्नु आवश्यक छ ।
तनाव व्यवस्थापन
हामीलाई थाहै छ सहरी जीवनयापन सजिलो कत्ति पनि छैन । सहरवासीका मूख्य समस्या भनेकै कामको चाप, एक्लोपना, आर्थिक अभाव हो जस कारण तनाव हुन्छ । तनाव त हुन्छ तर तनाव व्यवस्थापनको निम्ति कुनै पनि उपाय अपनाईदैन । फलस्वरूप अत्यधिक तनावले विभिन्न प्रकारका मानसिक रोग बढ्दै जान्छन् । सामाजिक समस्या अत्याधिक तनाव कै उपज हो ।
त्यसैले हामीले सके सम्म तनाव व्यवस्थापन गर्नु पर्दछ । दैनिक पसिना आउने गरि व्यायाम गर्नु, सकेसम्म हिड्नु, कामको चापबाट आफ्नो निम्ति थोरै समय निकालेर शहरबाट थोरै टाढा निस्कनु जस्ता कार्य गर्दा तनाव व्यवस्थापन हुने गर्दछ ।
शहरवासीहरुको सडकमै फोहोर फाल्ने, दाउरा घरबाहिरै बाल्ने, टोल छिमेक सफा नगर्ने, तर नगरपालिकालाई गाली गर्ने नराम्रो बानी छ । शिक्षित वर्गबताई यसको शुरुवात आजको आवश्यकता हो ।
सभ्य बनौं
‘ आफूले नियम मिच्दा ठीक, अर्काले नियम मिच्दा बेठीक ‘ मान्ने सोच बदल्नु पर्दछ । यस्ता बहस शहरमा निकै सुन्न पाइन्छ । यो शिक्षित वर्गको निकै नराम्रो बानी हो । उदाहारणको लागी आफूले ट्राफिक नियमको पालना गर्दैनौँ तर अरूले नियम मिचेको देखेमा टिप्पणी गरि हाल्छौँ । हामी आफैँ बाटोमा फोहोर फाल्दछौँ अनि अरुले यसो गरेको देखेमा गाली गर्न अघि सार्छौं । हामी पहिला आफैँ शभ्य बन्नु पर्दछ ।
प्राय घरमा कुकुर पालिन्छ । घपालुवा कुकुरलाई जथाभावी दिशा-पिसाब गराउने, प्लास्टिक तथा फोहोर जथाभावी जलाउने, सडकमै फोहोर फाल्ने, दाउरा घरबाहिरै बाल्ने, टोल छिमेक सफा नगर्ने तर गाली भने नगरपालिकालाई गर्ने यो हामी शहरवासीको निकै नराम्रो बानी हो । शिक्षित वर्ग बताई बानी सुधार गर्नु आवश्यक छ ।
अरुलाई स्थान दिऔँ
बढ्दो शहरीकारण संगै शहरमा मानिसको छाप पनि बढ्दो छ । धेरै मानिस भएका ठाउँमा प्रतिस्पर्धा हुनु पनि स्वाभाविक नै हो । तर यसले सबै स्थानमा आफैँ अगाडी हुनु पर्दछ भन्ने बानीको विकास गरेको पाइन्छ । जुन कुरा समाजको लागी विल्कुलै राम्रो होइन । अरुलाई स्थान र समय दिने बानीले सामाजिक सम्बन्धमा सुधार आउँछ ।
त्यसैले यसो गरेर समाज व्यवस्थापन गर्न सकिन्छ । उदाहारणको लागी सार्वजनिक यातयातमा हामी ठेलमठेल गरेर चढिरहेका हुन्छौँ , आरक्षण सिटको समेत दुरुपयोग गर्दछौँ । यसले समाजमा संस्कार, सम्मानजस्ता विषय बिलाउँदै गएको संकेत गर्दछ । त्यसैले यस्ता घटनालाई सामान्य बन्न दिनु हुँदैन । तसर्थ हामीले आफुमा आरुलाई स्थान दिने बानी बसाल्नु आवश्यक छ ।