जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु

जाजरकोट , २१ असोज | जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज ९३५ नम्वरको जिप आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही, ख्यामबहादुर शाही , वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै दुईजना पानीमा वेपता भएको उहाँले जानकारी दिनुभयो । जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप खोलामा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया