छानबिन समितिद्वारा पत्रकार कै गल्ति रहेको निष्कर्ष !

फाइल फोटो

काठमाडौँ, केही दिन अघि इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई धम्की दिएको विषयमा ठुलै चर्चा भयो । धेरै आलोचना गरे भने कतिले उनि सहि रहेको समेत टिप्पणी गरे ।

त्यस्तैमा यसै विषयमा मंगलबार नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटीले गठन गरेको समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा पत्रकार विराट अनुपम (गौतम)ले फेसबुक स्टाटसमा मेयर चौधरीले गरेका प्रतिक्रियालाई लिएर फोन गरी उत्तेजित बनाउँदा सो घट्ना भएको उल्लेख गरिएको छ ।

उक्त समिति । मोहनकाजी न्यौपानेको संयोजकत्वमा गठन भएको थियो । समितिले ७ बुँदामा निश्कर्ष र ६ बुँदामा सुझाव समेटिएको प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनमा एक तर्फ पत्रकार गौतमले फेसबुक स्टाटसमार्फत पोस्ट गर्ने निजी अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको उल्लेख गरिएको छ भने अर्को तर्फ द्वारिकलाल चौधरीले धम्कि दिनुलाई पनि गलत ठहर्याएको छ ।

मिसन टोलीको निश्कर्षको तेस्रो नम्बर बुँदामा उल्लेख छ, ” पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो । ”

त्यसैगरी सुझावमा भनिएको छ, ‘ पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्यादित र पूर्वाग्रही प्रश्न गर्नुहुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्दछ । ‘

समितिसंगको छलफलमा मेयर चौधारीले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसमा आफू सच्चिन तयार रहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया