आलोक यादव ! सिरहा जेष्ठ १७ गते । चोहर्वा–सिरहा सडकखण्ड अन्तर्गत नरहा गाउँपालिका–५ पेट्रोल पम्प नजिक एक स्कुल बसले मोटर साइकललाई आज ठक्कर दिदा मोटर साइकल चालक ३७ वर्शिय रहमान खानको उपचारको लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ भने ३६ वर्शिय अन्जार खान घाइते भएका छन्।
सिरहाबाट चोहर्वातर्फ आइरहेको बा १ ख ६८८५ नम्बरको जेभि मा उच्च मा. बि. गोलबजारको स्कुल बसले स. ७ प. ९७३८ नम्बरको पलसर मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरी पोस्ट बिशनुपुरले जनाएको छ।ठक्करबाट मोटरसाइकल चालक रहमान र पछाडी बस्ने अन्जार घाइते भएका थिए।
गम्भीर घाइते रहमानलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ भने अन्जारको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक फरार रहेको ईलाका प्रहरी कार्यालय नरहाले जानकारी दिए ।