चट्याङ लाग्दा १ जनाको मृत्यु !

फाइल फोटो

काठमाडौँ, रौतहटमा चट्याङको कारण १ जनाको ज्यान गएको छ । रौतहट जिल्लाको दक्षिणीभेग मौलापुर नगरपालिका नगरपालिका ९ सोनरनियामा चट्याङ लाग्दा ४० बर्षिय जयसी पटेलको मृत्यु भारको हो ।

गए राती हावाहुरी संगै परेको चट्याङको कारण उनको घटनास्थमै मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीका अनुसार पानी परिरहेको अवस्थामा खपडाको छाना भएको घरको छानामा चट्याङग लाग्दा पटेलको घटनास्थलमै मृत्युु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटको जानकारी अनुसार चट्याङगको कारण पटेलको सोही घरमा रहेको दुुईवटा खसी बाख्रा समेतको मृत्युु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया