चट्याङ लाग्दा बैतडीमा २ जना घाइते !

फाइल फोटो

काठमाडौँ, बैतडीमा चट्याङको कारण २ जना घाइते भएका छन् ।

हिजो बिहिबार साँझ हावाहुरीसहित परेको चट्याङले लाग्दा २ जना घाइते भएका हुन् । घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–५ सिमाइलका ३५ वर्षीय पुष्पा कोली र २० वर्षीय राधिका महर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया