चट्याङको कारण श्रीमानको मृत्यु श्रीमती घाइते !

फाइल फोटो

काठमाडौँ, प्यूठानमा चट्याङको कारण एकै घरका २ जना प्रभावित भएका छन् । हिजो राती परेको चट्याङको कारण श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् ।

मृत्यु हुने ३७ वर्षीय पशुपति आचार्य रहेका छन् भने सँगै सुतेकी श्रीमती सीता आचार्य घाइते भएकी छिन् । घाइते श्रीमती सिताको अवस्था सामान्य रहेको छ ।

राति १२ बजेर ३७ मिनेटमा परेको चट्याङ लागेर मृत्यु हुने पशुपति स्थानीय जनसहयोगी आधारभूत विद्यालयका शिक्षक रहेका जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी निर्मल बुढाथोकीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया