ग्याँस लिकेज हुँदा शंखमुलको म:म पसलमा आगलागी, ३५ लाख बराबरको क्षति १ जना घाइते !

फाइल फोटो

काठमाडौँ, काठमाडौंको शंखमुलमा रहेको एक म:म पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।

मंगलबार दिउँसो ग्याँस लिकेज भएर शानदार मःम पसलमा आगलागी हुँदा उक्त घरको भुँई तल्ला पुरै जलेको पसलका मालिक टेकनारायण श्रेष्ठले बताएका छन् ।

सोही आगलागीमा परि उक्त मःम पसलमा कार्यरत एक कामदार रामकृष्ण बुढाथोकी जलेर घाइते भएका छन् । घाइते बुढाथोकीलाई उपचारको निम्ति कीर्तिपुर अस्पताल पुर्याइएको छ ।

आगलागी नियन्त्रणको लागी काठमाडौं र भक्तपुरका दमकल घटनास्थलमा पुगेको छ । अग्निनियण्त्रक र प्रहरी पनि घटनास्थलमा पुगेका छन् ।

आगलागीमा भित्रै परेकी महिलाको आगो नियन्त्रण पछि उद्दार गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया