वि.सं. २०७६ जेठ २८। मंगलबार। इ.स. २०१९ जुन ११। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। नवमी, २१:३७ उप्रान्त दशमी। नक्षत्र– उत्तरफाल्गुनी, १४:४५ बजेउप्रान्त हस्त। योग– सिद्धि, १०:५३ बजेउप्रान्त व्यतीपात। करण– वालव, १०:४६ बजेदेखि कौलव, २१:३७ बजेउप्रान्त तैतिल। आनन्दादिमा धाता योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५८ बजे र दिनमान ३४ घडी ३१ पला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
लामो अवधीको आर्थिक योजनाको लागी अनुकुल दिन छ । आर्थिक र व्यावसायिक दृष्टिले लाभदायक दिन छ । शारीरिक र मानसिक स्फूर्ति र ताजापनको अनुभव गर्नु हुनेछ । मित्र तथा स्वजनको तर्फबात उपहार मिल्नेछ । उनीहरुको साथ आनन्दमा समय व्यतित हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाइँको वाणीको जादुले कसैलाई अभिभूत गराई तपाइँलाई लाभ दिलाउनेछ । वाणीको सौम्यता नयाँ सम्बन्ध द्थापित गर्नमा सहायक बन्नेछ । शुभकार्य गर्ने प्रेरणा मिल्नेछ । पठन- लेखन जस्ता साहित्यिक प्रवित्तिमा अभिरुचि बढ्नेछ । परिश्रमको अपेक्षित परिणाम नामिलेता पनि तपाइँको काममा तत्परता र कुशलता तपाइँको प्रगतिमा सहायक बन्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
द्विविधामा उल्झने हुँदा महत्त्वपूर्ण निर्णय लिन सक्नु हुने छैन । वैचारिक तूफानको कारण मानसिक अस्वस्थता अनुभव गर्नु हुनेछ । अत्यधिक भावनाशीलताले तपाइँको दृढतालाई कमजोर बनाउनेछ । पानी तथा अन्य तरल पदार्थबाट सावधान रहनु होला । परिवार या जमीनसंग सम्बन्धित मामलामा चर्चा र प्रवासलाई स्थगित गर्नु होला । शारीरिक र मानसिक स्वस्थताको अभाव रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शारीरिक र मानसिक ताजापनको साथ घरमा आनन्दको वातावरण छाउनेछ । मित्र एवम् स्नेहीजनको साथ भेट हुनेछ । मित्रबाट लाभ हुनेछ । शुभकार्यको आरम्भको लागी आजको दिन अनुकुल छ । कार्य सफलता र प्रिय व्यक्तिको साथ रहने हुँदा तपाइँ आनन्दित महशुस गर्नु हुनेछ । आर्थिक लाभ र भाग्य वृद्धिको सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक सदस्यको साथ सुख-शान्तीसंग दिन व्यतित हुनेछ । उनीहरुको सहयोग मिल्नेछ । स्त्री मित्रबाट विशेष सहयोग प्राप्त गर्न सक्नु हुनेछ । प्रभावशाली वाणीबाट मानिसको ध्यानाकर्षण गर्न सक्नु हुनेछ । उत्तम भोजनको प्राप्ति हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको लाभदायक दिनले तपाइँको वैचारिक सम्वृद्धि बढ्नेछ । वाकपटुता र मिठो वाणीले तपाइँ लाभप्रद सौहार्दपूर्ण सम्बन्ध विकशित गर्न सक्नु हुनेछ । उत्तम भोजन, उपहार र वस्त्रको प्राप्ति हुनेछ । शारीरिक तथा मानसिक स्वस्थता रहनेछ । आनन्द प्राप्ति, जिवनसाथीको निकटता र प्रवास- पर्यटनले तपाइँको दिन खुसि साथ बित्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कुनै पनि खालको असंयमित र अनैतिक व्यवहारले तपाइँलाई समस्यामा पुर्याउन सक्दछ । दुर्घटनाबाट बच्नु होला । वाणीको शिथिलताले ठूलै समस्या निम्त्याउनेछ । संगी-सम्बन्धीको साथ मनमुटाव हुनेछ । मनोरंजनमा धन खर्च हुनेछ । शारीरिक, मानसिक व्यग्रता कम गर्नको निम्ति आध्यात्मिकता सहायक साबित हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नोकरी धन्दा या व्यवसायमा लाभ प्राप्ति हुनेछ । मित्रको सक्थ भेटघाट प्रवासको आयोजना हुनेछ । विवाहोत्सुक युवक-युवतिको विवाहको निम्ति सुनौलो अवसर मिल्नेछ । पुत्र तथा पत्नीबाट लाभ हुनेछ । स्नेहीजन तथा मित्रको तर्फबाट उपहार मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाइँको आजको दिन शुभ रहनेछ । तपाइँमा परोपकारको भावना रहने हुँदा अन्य मानिसको साहयताको निम्ति उत्सुक रहनु हुनेछ । व्यापारमा व्यवस्थित आयोजन हुनेछ । पदोन्नतिको सम्भावना छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन मध्यम फलदायी रहनेछ । बौद्घिक तथा लेखनकार्यसंग जोडिएका प्रवित्तिमा सक्रिय रहनु हुनेछ । साहित्यमा नवीन सृजन गर्ने योजना गर्न सक्नु हुनेछ । स्वास्थ्यको दृष्टिबाट थकान या आलस्यको अनुभव हुनेछ । सन्तानको पढाई लेखाइतथा स्वास्थ्यको विषयमा चिन्तित रहनु हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
निषेधात्मक कार्य तथा नकारात्मक विचारबाट ताषा रहनु होला । परिणाम स्वरुप मानसिक थकानको अनुभव हुनेछ । विचारले अधिक सताउनेछ । क्रोध अधिक मात्रामा नहोस् यसको ख्याल राख्नु होला । ध्यान र आध्यात्मिकताले तपाइँको मनलाई शान्ती प्रदान गर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आजको दिन मनोरंजन र आनंद-प्रमोदमा बित्नेछ । कलाकार, लेखक आदिलाई आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ । व्यवसायमा भागीदारीको लागी उत्तम समय छ । दांपत्यजीवनमा निकटता र मधुरता आउनेछ । समाजमा ख्याती मिल्नेछ ।