वि.सं. २०७६ जेठ २२। बुधबार। इ.स. २०१९ जुन ५। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। द्वितीया, १३:२७ उप्रान्त तृतीया। नक्षत्र– आर्द्रा, २३:४७ बजेउप्रान्त पुनर्वशु। योग– शूल, ६:५१ बजेदेखि गण्ड, २८:२७ बजेउप्रान्त वृद्धि। करण– कौलव, १३:२७ बजेदेखि तैतिल, २४:३५ बजेउप्रान्त गर। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५५ बजे र दिनमान ३४ घडी २४ पला। विश्व वातावरण दिवस।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाइँको मन केहि चन्चल रहनेछ । जस कारण तपाइँलाई निर्णय लिन केहि समस्या हुनेछ । यस कारण कुनै महत्वपूर्ण कार्य गर्न सक्नु हुँदैन । प्रतिस्पर्धीको सामना गर्नु पर्नुका साथै नयाँ कार्य गर्ने प्रेरणा पनि मिल्नेछ । कुनै बौद्धिक या तार्किक चर्चामा भाग लिनु हुनेछ । छोटो यात्रा हुने सम्भावना छ । स्त्री वर्गले वाणीमा नियन्त्रण राख्नु पर्नेछ । साहित्य लेखनको लागी राम्रो दिन रहेको छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज पुरै स्थिर भएर काम गर्नु होला । यस्तो नहुँदा राम्रो अवसर गुम्न सक्दछ । जिद्दी गर्नुको साटो समाधानकारी रहनु नै उचित हुनेछ । यात्राको आयोजन सफल नहुन सक्दछ । भाई-बन्धुबाट प्रेम तथा सहयोग मिल्नेछ । कलाकार, कारिगर र लेखकलाई आफ्नो प्रतिभा दर्साउने मौका मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धीलाई परास्त गर्न सक्नु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाइँको आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ । शारीरिक र मानसिक रुपले ताजापन र प्रशन्नताको अनुभव गर्नु हुनेछ । स्वादिष्ट भोजन र सुन्दर वस्त्रको अवसर मिल्नेछ । मित्र तथा परिवारजनको साथ आनन्दपूर्वक समय बित्नेछ । उनीहरुको तर्फबाट उपहार मिल्नेछ । आर्थिक लाभ हुनेछ । मनमा आउने नकारात्मक विचारलाई त्याग्नु होला । दाम्पत्यजिवन राम्रो रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मनमा खिन्नता र भयको अनुभव हुनेछ । परिवारमा मतभेद हुँदा पारिवारिक वातावरण तनावपूर्ण रहनेछ । मनमा द्विविधा रहँदा मानसिक रुपले बेचेनीको अनुभव हुनेछ । वाणीमा संयम राख्नु होला अन्यथा मतभेद हुन सक्दछ । स्वास्थ्यको ध्यान राख्नु होला । अत्यधिक खर्च हुनेछ । मानहानी हुन सक्दछ: अट सावधान रहनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा लाभ र आयमा वृद्धि हुनेछ । उत्तम भोजन प्राप्त हुनेछ । मित्रको साथ रमणीय स्थलको घुमफिर हुनेछ । स्त्री मित्र विशेष सहायक बन्नेछन् । पुत्रलाई भेट्ने अवसर मिल्नेछ । ठुलाबडाको सहयोग मिल्नेछ । कुनै शुभ प्रसङ्ग हुन सक्दछ । वैवाहिक जिवन राम्रो रहनुका साथै पत्नीको सहयोग मिल्नेछ । नयाँ वस्तुको किनमेलको लागी आजको दिन उत्तम छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज कुनै नयाँ कार्यको योजना बनि पूर्ण पनि हुनेछ । व्यापारी र नोकरी पेशा गर्नेको लागि आजको दिन लाभदायक रहनेछ । शिर्ष अधिकारीको कृपा दृष्टिले पदोन्नतिको अवसर मिल्नेछ । पिताको तर्फबाट लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक वातावरण राम्रो रहनुका साथै पत्नीको साथ निकै राम्रो समय बित्नेछ । व्यावसायिक कार्यबाट बाहिर जानु पर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाइँले आफ्नो नयाँ कार्यको थालनीको कोशिश गर्नु हुनेछ । वौद्धिक कार्य र साहित्य लेखनमा सक्रिय रहनु हुनेछ । तिर्थ यात्रामा जाने अवसर मिल्नेछ । सहकर्मीको सहयोग मिल्दैन । सन्तानको चिन्ताले सताउनेछ । अक कुनै पनि चर्चा र विवादमा नउत्रिनु होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नु होला । कफ, स्वास र पेटमा समस्या आउन सक्दछ । शारीरिक र मानसिक रुपले अस्वस्थ रहनु हुनेछ । क्रोधमा नियन्त्रण राख्नु होला । पानीबाट टाढा रहनु होला । खर्च अधिक हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन सुख शान्ती र आनन्दमा बित्नेछ । मित्रको साथ राम्रो दिन बित्नेछ । स्वादिष्ट भोजन तथा नयाँ वस्त्र प्राप्त हुनेछ । विपरीत लिंगीय व्यक्ति प्रति विशेष आकर्षण रहनेछ । उनीहरुको साथको भेटघाट रोमाञ्चक हुनेछ । आज तपाइँको विचार स्थिर रहँदैन । भागेदारीमा लाभ हुनेछ । सार्वजनिक जिवनमा मान-सम्मान मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपाइँको स्वास्थ्य राम्रो रहनेछ । यश, कीर्ति मिल्दा आनन्द प्राप्ति हुनेछ । परिवारजनको साथ आनन्दपूर्वक समय बित्नेछ । व्यापारको विकाशको लागी दिन फलदायक साबित हुनेछ । धन लाभको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
महत्वपूर्ण निर्णय आज नलिनु नै उचित हुनेछ । यात्रा- प्रवासमा समस्या हुन सक्दछ । निर्धारित कार्य पूरा नहुँदा निराश हुनु हुनेछ । मन अशान्त रहनेछ । सन्तानको स्वास्थ्य र पढाईको सम्बन्धमा चिन्ता रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आजको दिन ताजापन र स्फूर्तिको अभाव हुनेछ । आमाको स्वास्थ्य खराब हुनेछ । आफन्तजन र मित्रको साथ वादविवाद हुनेछ । शारीरिक मानसिक स्वास्थ्य खराब हुन सक्दछ । स्त्री तथा पानीबाट सावधान हुनु होला ।