वि.सं. २०७६ जेठ १७। शुक्रबार। इ.स. २०१९ मे ३१। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। द्वादशी, १६:०५ उप्रान्त त्रयोदशी। नक्षत्र– अश्विनी, २३:३७ बजेउप्रान्त भरणी। योग– सौभाग्य, १३:३७ बजेउप्रान्त शोभन। करण– तैतिल, १६:०५ बजेदेखि गर, २८:२२ बजेउप्रान्त वणिज। आनन्दादिमा वज्र योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:११ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३४ घडी १६ पला। प्रदाेष व्रत। विश्व धूमपानरहित दिवस। सर्वार्थसिद्धि योग २३:३७ बजेसम्म।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
तपाइँको आजको दिन अनिकुलताले परिपूर्ण रहनेछ । सबै कार्यमा सफलता मिल्दा मनमा हर्ष र प्रशन्नताको अनुभव हुनेछ । आर्थिक क्षेत्रमा तपाइँको दिन लाभदायक साबित हुनेछ । उत्तम वस्त्र र भोजनको अवसर प्राप्त हुनेछ । उपहार मिल्ने योग छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मन निकै चिन्तित रहनेछ । स्वास्थ्यमा पनि थोरै खराबी आउनेछ । विशेष रुपले आँखामा पिडा हुनेछ । स्नेहीजन तथा परिवारजनको साथ मनमुताव हुनेछ जस कारण मनमा ग्लानी महशुस हुनेछ ।उचित पारिश्रमिक नमिल्दा मन निराश हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन विविध लाभ प्राप्त हुनेछ । परिवारमा पुत्र तथा पत्नीको तर्फबाट लाभदायक समाचार प्राप्त हुनेछ । मित्रको साथ मिलन भेटले तपाइँलाई आनन्दित महशुस हुनेछ । व्यापारी वर्गको आयमा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
व्यवसाय गर्नेहरुको लागी आजको दिन निकै लाभदायक साबित हुनेछ । नोकरी पेशा गर्नेहरु माथि शिर्ष अधिकारीहरुको कृपा दृष्टि रहँदा पदोन्नतिको सम्भावना छ । शारीरिक- मानसिक ताजापनको अनुभव हुनेछ । सरकारको तर्फबाट लाभ हुनुका साथै सांसारिक सुखमा वृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन मध्यम फलदायी रहनेछ । धार्मिक तथा मांगलिक कार्यमा उपस्थित रहनु हुनेछ । तपाइँको व्यवहार न्याय प्रिय रहनेछ । धार्मिक प्रवासको आयोजना हुनेछ । स्वास्थ्यमा साधारण खराबी आउनेछ । पेटको समस्याले सताउनेछ । शरीरमा आलाश र थकान रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन कुनै नयाँ कार्य शुरु नगर्नु होला । बाह्य खाद्य पदार्थ खाँदा स्वास्थ्य खराब हुन सक्दछ । रिसको मात्रा अधिक रहनेछ । अत: वाणीमा संयम राख्नु होला । पारिवारिक सदस्यको साथ मनमुटाव हुन सक्दछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज हरेक करेयामा सफलता मिल्नेछ । मनमा प्रशन्नताको अनुभव हुनेछ । सार्वजनिक जिवन सम्बन्धी कार्यमा सफलता र सिद्धि प्राप्त गर्न सक्नु हुनेछ । नयाँ व्स्त्राभुशनको किनमेल हुनेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन सुखमय बित्नेछ । परिवारजनको साथ आनन्दपूर्वक समय बिताउनु हुनेछ । शारीरिक स्वस्थता तथा मानसिक प्रफुल्लितताको अनुभव हुनेछ । धन लाभ हुनेछ अधुरा कार्य पुरा हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन मिश्र फलदायी रहनेछ । पेट सम्बन्धी समस्याले सताउनेछ । स्क़न्तानको स्वास्थ्य र उनको पढाइ सम्बन्धी चिन्ता रही रहनेछ । प्रणयको लागी उचित समय छ । कार्यमा सफलता नमिल्दा अधिक क्रोध रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन प्रतिकुलताले भरिपूर्ण रहनेछ जस कारण मनमा खिन्नता अनुभव हुनेछ । शरीरमा स्फूर्ति र ताजापनको अभाव रहनेछ । सार्वजनिक जीवनमा मानहानीको सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज तपाइँलाई तन-मन देखि नै प्रशन्नताको अनुभव हुनेछ । मनमा छाएको चिन्ताको बादल हट्दा उत्साह बढ्नेछ । भाइ-बन्धुको साथ नयाँ योजना बन्नेछ । उनीहरुको साथ आनन्दपूर्वक समय बित्नेछ । लघु प्रयास हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
वाणीमा संयम राख्नु होला । क्रोधको कारण कसै संग मनमुटाव हुने सम्भावना छ । शारीरिक कष्टको अनुभव हुनेछ । पारिवारिक सदस्य र प्रेमीजनको कारण घरमा विरोधको वातावरण हुनेछ । खान-पानमा संयम राख्नु होला ।