कतारमा नेपाली स्वाद : पहिलोपटक कतारमा नेपाली तरकारी [ फोटोफिचर ]

काठमाडौँ, कतारको बजारमा ताजा नेपाली तरकारीहरु बिक्रि हुन थालेका छन् । पहिलो पटक नेपालमा उत्पादित बिषादी रहित मौसम अनुसारका तरकारी र फलफुलहरु कतारसम्म पुर्याउने काम अल समन ग्लोबल ट्रेडिङ् कम्पनीले थालेको हो । हाल कतारमा सुपथ मूल्यमा नेपाली स्वादका विभिन्न ताजा तरकारीहरु पाइन्छन् ।

काँक्रो, निगुरो, फर्सी, हरियो खुर्सानी, अकबरे खुर्सानी, तितेकरेला, मुला, भन्टा, गाँजर, अधुवा, सिमि, बोडी, चटेल, गोलभेंडा, घिरौंला, पर्वल, पिडालु, गुन्द्रुक, सिन्की, मस्यौरा, आँप, टिमुर, लिची, रामतोरिया ,खाद्य मसला,अचार लगायतका तरकारी तथा फलफुलहरु कतार निर्यात हुने गर्छन् । हाल हवाई मार्ग हुँदै समान भित्र्याउनु पर्ने भएकाले त्यसै अनुरुप न्युनतम दरमा निर्यात गरिएको कम्पनीले जनाएको छ ।

यसले नेपाली कृषकलाई प्रोत्साहन गर्नेमा कम्पनीका सीइओ समन घिमिरे विश्वस्त छन् । हाल सम्म यसमा सरकारको कुनै सहयोग नभहेको र यदि सरकाले ढुवानी शुल्कमा शहुलियत र निर्यात प्रकृयामा केही सहजता गरिदिए आगामी १ वर्ष भित्र अन्य देशहरुमा पनि कृषिजन्य उत्पादन निर्यात गरिने उनको भनाई छ ।

अझै केही वर्ष कम्पनि नाफा मुलक भन्दा सेवा र उत्पादन मुलक कार्यमा निरन्तर लाग्ने बताउँछन् कम्पनिका सीइओ समान घिमिरे । कतारमा आफुले बटुलेको अनुभवका अनुसार भविष्यमा अन्य खाडी राष्ट्र र यूरोपियन राष्ट्रहरुमा कृषि उपादन निर्यात गर्न सहज हुने उनको विश्वास छ ।

घिमिरेले नेपाल राजदुतावास कतारका नि वर्तमान नेपाली राजदुत डा. रमेश कोइराला र कतार राजदुतावास नेपालका राजदुत युसुफ बिन मोहम्मद अल-हैलबाट पाएको सहयोग, सद्भाव र प्रेरणाले आफुलाई टप उर्जा मिलेको भन्दै आभार प्रकट गरेका छन् ।

यसले दुई देशबिचको आपासी सम्बन्धमा निकै सहयोग पुर्याउने उनको दाबी छ । कतारमा नेपाली तरकारी तथा फलफुल सनैयाको सफारी मल र नज्मा का सुपर मार्केट मा सजिलै पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया