काठमाडौँ, ललितपुरको एकान्तकुनामा आइतबार बिहान करिब ८ बजे तिर मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
बा ८८ प ९७५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा काठमाडौंको स्वयम्भू घर भई ललितपुरको ग्वार्को बस्ने ४५ वर्षीय कृष्णवीर नकर्मीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका नकर्मीको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा छन् ।
घटनाबारे थप अनुसन्धान भैरहेको छ ।