आज इद उल फित्रको अवसरमा देशभर सार्वजिक बिदा !

फाइल फोटो

काठमाडौँ, आज इद उल फित्र, इस्लाम धर्मावलम्बीहरु यस चाडलाई विशेष रुपले मनाउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य दलका नेताहरुले इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

यस्तैमा सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा आज बुधबार सार्वजनिक बिदा दिएका छन् । गलबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि सरकारले बिहीबार इद उल फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर इद उल फित्र बुधबार नै पर्ने बुझे पश्चात निर्णय सच्याउँदै सरकारले बुधबार बिदा दिने निर्णय गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया