अवैध हतियारसहित बानेश्वरबात १ जना पक्राउ !

साभार तस्विर

काठमाडौँ,  काठमाडौँ बानेश्वरको गैरीगाउँबाट प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने खुलाइएको छैन ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाबारे पुष्टि गरे पनि थप विवरण भने अझै खुलाएका छैनन् ।

अनुसन्धान अझै भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया