काठमाडौँ, झट्ट सुन्दा पत्याइ हाल्नु जस्तो कुरा त छैन । न त पत्याइ हाल्ने जस्ता केहि प्रमाण नै । तर दाबी भने ठुलै व्यक्तिले गरेका छन् । नपत्याउनु कसरी ?
हाल निकै चर्चामा छिन् अमेरिकी एयरफोर्सकी पूर्व राडार ट्राफिक अधिकृत नियारा तेरेला इस्ले । यी पूर्व अधिकारी आफुलाई अर्कै ग्रहका प्रााणी अर्थात् एलियन्सले चन्द्रमामा लगेर बलात्कार गरेको दाबी गर्छिन् ।
आफु एलियन्सको साथ निकै पटक चन्द्रमामा पनि पुगिसकेको उनको भनाई छ । उनि आफु २५ वर्षकी छँदा पहिलोपटक एलियन्स आएर आफुलाई चन्द्रमामा लागेको बताउँछिन् ।
उनि भन्छिन् कि उनले चन्द्रमामा एलियन्सको साथ लामो समय बिताइन् । लियन्स छेपारो तथा मानिस जस्ता देखिने र तिनीहरुको जुँगा पनि भएको उनले बताएकी छिन् ।
उनका अनुसार उनि नेभादाको तोनापा टेस्ट रेन्जमा तैनाथ रहँदा एकदिन उनले आँखा खोल्दा आफुालई चन्द्रमामा पाएकी हुन् । आफ्ना साथमा त्यहाँ एलियन्स पनि रहेका र आफुलाई स्वइच्छामा नभई जबर्जस्ती त्यहाँ लगिएको उनको दाबी छ ।
चन्द्रमामा आफु एलियन्सद्वारा बलात्कृत भएको उनि बताउँछिन् । वायुसेनाकी पूर्व अधिकारीले यस्तो दाबी गरे पश्चात अमेरिकामा नयाँ शिराबाट एलियन्स बारे अनुसन्धान शुरु गरिएको छ ।