काठमाडौँ, प्रधानमंत्री के.पी शर्मा ओली हाल बेलायत भ्रमणमा रहनु भएको छ । उनको बेलायती प्रधामन्त्रीसँग भेटघाटको कार्यक्रम पनि रहेको छ ।
सोही सन्दर्भमा प्रधानमंत्री ओलीलाई सत्तारुढ नेकपाका नेता भीम रावलले सामाजिक संजाल ट्विटर मार्फत एक सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै रावल ट्वीट गर्छन् :
” प्रधानमन्त्रीको बेलायत भ्रमणको अवसरमा विगतमा निरंकुश ब्यवस्थाले थोपरेको अपमानजनक गोर्खा भर्ती सन्धिको पुनरावलोकन गर्दै खारेजीको प्रस्ताव राख्नु र भूतपूर्व गोर्खाहरूले उठाएका समस्याहरूको समाधान खोज्न बेलायती प्रधामन्त्रीसंग कुरा गर्नु उचित हुनेछ । “